ग्लोबल आइएमई बैंक लगातार दोस्रो पटक बन्यो ‘नेपालको उत्कृष्ट बैंक’

49
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लगातार दोस्रोपल्ट नेपालको उत्कृष्ट बैंक बनेको छ । बैंकलाई अन्तर्राष्ट्रिय म्यागेजिन ग्लोबल फाइनान्सले ‘नेपालको उत्कृष्ट बैंक’ को अवार्ड दिएको हो ।

अन्तर्राष्ट्रिय वित्तीय जगतमा प्रतिष्ठित मानिने ग्लोबल फाइनान्स म्यागेजिनले हरेक वर्ष विश्वका उत्कृष्ट बैंकहरूलाई मूल्यांकन गरी सम्मान गर्ने गर्दछ । यस वर्ष पनि बैंकको वित्तीय स्थायित्व, प्रविधिमैत्री सेवा, ग्राहक सन्तुष्टि र नवप्रवर्तनात्मक कार्यप्रणालीका आधारमा ग्लोबल आइएमई बैंकलाई नेपालको उत्कृष्ट बैंकको रूपमा चयन गरेको हो ।

अवार्ड लिएपछि बैंकका सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालले नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै भने, ‘हामीलाई निरन्तर दिशानिर्देश, साथ र विश्वास प्रदान गर्नुभएको सबैलाई धन्यवाद दिन चाहन्छु । यही विश्वासले नै बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ ।’ उनले आगामी दिनमा अझ ठूला उपलब्धि हासिल गर्ने बैंकको प्रतिबद्धता दोहोर्‍याउँदै बैंकले सेवा गुणस्तर र नवीनतामा अझ ध्यान दिने बताए ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Skip This