नेप्सेमा ७८.८३ अंकको गिरावट, ६ अर्ब ७० करोडको कारोबार

35
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८३ अंकले अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ बिन्दुमा रोकिएको छ ।अ

घिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से २२.५९ अंकले बढेको थियो ।

त्यसअघिका दुई कारोबार दिन अर्थात् गत साताको मंगलबार नेप्से ५८.५५ अंक र बुधबार ४५.३६ अंकले घटेको थियो । बिहीबार केही सम्हालिने पर्यत्नमा देखिएको बजार आइतबार भने भारी अंकको साथ संकुचनमा गएको छ ।

आइतबार नेप्सेमा कुल ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ९ कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ । सबै समूहको सेयर मूल्य घटेर राताम्य भएको छ ।