सुशीला कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

2.9k
Shares

सुशीला नेतृत्वको अन्तरिम सरकार ४ सदस्यीय भएको छ ।

काठमाडौं । अन्तरिम सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरेलगत्तै साँझ साढे चार बजे बैठक बोलाएकी हुन् ।

सोमबार मन्त्रिपरिषद्मा तीन मन्त्री नियुक्त भएका छन् । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आज सपथ ग्रहण गरेसँगै पदबहाली गरेका छन् । खनाललाई अर्थ मन्त्रालय, घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहकारी मन्त्रालय र अर्याललाई गृह तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रिमण्डल गठनसँगै बस्न लागेको पहिलो बैठकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने, राष्ट्रिय शोक मनाउनेलगायतका एजेन्डा रहने बताइएको छ ।