घाइते जेनजी प्रदर्शनकारीलाई भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की

840
Shares

काठमाडौं । जेनजी प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका जेनजी प्रदर्शनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की अस्पताल जाने भएकी छन् ।

प्रधानमन्त्री कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।