
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल जेनजीको अन्दोलन पछि पहिलो पटक बोलेकी छन् ।
जेनजी समुहमा देशमा प्रदशन सुर गरेदेखि नै मौन बसेकी डंगोलले शनिबार बिहानै सटाटस लेख्दै नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीका रुपमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन् ।
प्रधानमन्त्री कार्कीलाई शुभकामना दिदै उपमेयर डंगोलले निराशाको अन्त्य गरी मुलुकलाई आशाको संचार र सुशासनको मार्गमा अघि बढ्न सुझाव समेत दिएकी छन् । ।
‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जीलगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।’
उनले नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई सफल ढंगले अघि बढाउन आग्रह पनि गरेकी छन्।
‘हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको संचार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।’ उनले लेखेकी छन् ।
साथै उनले जेन जी पुस्ताको आन्दोलनमा जन गुमाएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेकी छन् ।








प्रतिक्रिया