जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुकाे शव काठमाडौं महानगरपालिकाले घरमै पुर्याइदिने

77
Shares

काठमाडौं । जेनजी आन्दोलमा मृत्यु भएकाहरुको शव काठमाडौं महानगरपालिकाले घरमै पुर्याइदिने भएको छ । भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन गर्ने र घरसम्म पुर्‍याउन शव वाहनको व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ।

महानगरले मृतकका परिवारजनलाई काठमाडौंसम्म आउन यातायात सुविधा र बस्ने व्यवस्था समेत मिलाइदिएको छ । महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम पनि परिचालन गरेको छ।

महानगरले आन्दाेलका क्रममा घाइते हुने र ज्यान गुमाउनेको आफन्तलाई महानगरका सह‍योगीसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसका लागि महानगरले जगदीश अर्यालको ९८५४०४५७०२, विज्ञान घिमिरेको ९८५११३३९११ र इश्वर वाग्लेको ९८४१२९७८६१ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।