राष्ट्रपति पौडेलको अपिल: संविधानबाटै समाधान खोज्ने प्रयास भइरहेको छ, सबै पक्ष सहयोगी बनौं

651
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई वर्तमान संकटपूर्ण अवस्थाबाट निकास दिन र शान्ति–सुव्यवस्था कायम राख्न सबैलाई सहयोगी बन्न अपिल गरेका छन् । देशको संवैधानिक दायराभित्र रहेर समाधान खोज्ने काम भइरहेको भन्दै उनले आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न र समस्या समाधानका उपाय छिटो खोज्ने काम भइरहेको कुरामा विश्वस्त रहन सबैलाई आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको बताएका छन् । उनले सबै पक्षलाई संयमतापूर्वक समस्या समाधानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।