जेनजी प्रदर्शनः रास्वपा र माओवादीको भूमिका शंकास्पद भन्दै किन भइरहेको छ आलोचना?

420
Shares

काठमाडौं । दुई दिनसम्म चलेको जेनजी प्रदर्शनका क्रममा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका संकास्पद भन्दै आलोचना भइरहेको छ । प्रदर्शनका पछिल्ला घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा ‘जेनजेजी प्रदर्शन’ पूर्व योजनाअनुरूप गरिएको र त्यसमा रास्वपा र माओवादीको भूमिका संकास्पद रहेको भन्दै आलोचना भइरहेको हो ।

रास्वपा र माओवादीसँग जोडेर प्रदर्शनमा भएको तोडफोड, आगजनी र कारागारमा रहेका कैदी भगाउने कार्य पूर्व योजनाअनुसार नै भएको आरोपसमेत लगाइएको छ । एउटा पोस्ट नै तयार पारेर त्यसलाई सामाजिक सञ्जालमा सेयर गर्ने र पोस्ट गर्नेक्रम बढ्दो छ ।

विशेषगरी, रेणु दाहालको घरमा कुनै आक्रमण नहुनु, प्रचण्ड सार्वजनिक रूपमा गायब हुनु, माओवादी नेताहरूमा तोडफोड नहुनु, र अगष्ट २० मा प्रचण्डले नखु जेलमै गएर रवि लामिछानेलाई भेट्नु जस्ता घटनाले शंका पैदा गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरेका छन् ।

यस्तै, टिकटकबाट नेपोट्रेन्ड ह्यासट्याग हटिनु, रास्वपाका सबै नेताहरूले सामूहिक रूपमा राजीनामा दिनु, रवीलाई जेलबाट निकाल्न गरिएको हतार, मिति सच्याइएको तयार कागजातसहित रविको रिहाई हुनु—यी सबै कुरा योजनाबद्ध भएको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा सेयर उक्त पोस्टमा सोधिएको छ, ‘देश अव्यवस्थित भइरहेका बेला रवि छुटाउने त्यो कागज कसले तयार ग¥यो? साथै, जेलबाट निस्किनासाथ सरकार गठन गर्न गरिएको तयारी, जेल नम्बर १८ का कैदीलाई छोड्दा उत्पन्न त्रास, रातभर भएका चोरी, डकैती र आगलागीका योजनाबद्ध ‘प्लट’ को हिस्सा त होइन?’

यी कारण देखाउँदै सामाजिक सञ्जालमा धेरैले जेनजी आन्दोलनलाई स्वतःस्फूर्त नभई राजनीतिक दलहरूको पूर्व तयारी र रणनीतिसँग जोड्दै आलोचना गरिरहेका हुन् ।

Skip This