
काठमाडौं । घुसपैठसँगै जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि नेपाली सेना सडकमा उत्रिएको छ । सेना पूर्वजानकारीपछि सडकमा आएको हो ।
केही समयअघिमात्र सेनाले स्थिति नियन्त्रणमा नआए सडकमा आउने बताएको थियो ।
सेनाले आन्दोलनका नाममा लुटपाट र आगजनी भइरहे स्थिति नियन्त्रणमा लिने जनाएको थियो । सेना मुख्यालय जंगी अड्डाले जारी गरेको एक सूचनामा यस्ता गतिविधिहरु नरोकिए नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायले २४ गते रातिको १० बजेबाट नियन्त्रण गर्ने उल्लेख गरेको थियो ।








प्रतिक्रिया