यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी

378
Shares

काठमाडौं । प्रदर्शनकारीले नयाँ बानेश्वर स्थित यातायात व्यवस्था विमागमा आगजनी गरेका छन् । इम्बोस्ड नम्बरप्लेट लागू गर्ने निर्णयपछि सर्वसाधारण विभागसँग क्रुद्ध थिए ।

सोमबार जेनजीले आयोजना गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलरबा आन्दोलन थप चक्रिएको हो ।

आन्दोलनकारीले देशका विभिन्न भागमा प्रदर्शन र आगजनी गरेका छन् । कतिपय सरकारी कार्यालयहरुमा पनि आगजनी भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् । शेरबहादुर देउवा, प्रचण्ड लगायतका शीर्ष नेताहरूको घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन् ।