व्यानर हटाए पनि धनगढीमा प्रदर्शनकारीले जलाए माओवादीको कार्यालय

70
Shares

धनगढी । धनगढीमा प्रदर्शनकारीहरूले माओवादी पार्टी कार्यालयमा आगजनी गरेका छन्।

धनगढी–५, सत्कार चोकस्थित कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालयका सबै सामग्री आज प्रदर्शनकारीहरूले जलाएका हुन्।

माओवादी पार्टीले आफ्ना कार्यालयबाट ब्यानर हटाइसकेको भए तापनि प्रदर्शनकारीहरूले घर पत्ता लगाएर आगो लगाएका थिए।

यसअघि जेन्जी प्रदर्शनकारीहरूले कैलालीको धनगढीमा रहेका एमाले र नेपाली कांग्रेसको कार्यालयमा पनि आगजनी गरेका थिए ।