
काठमाडौं । सर्लाहीमा प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
सदरमुकाम मलंगवास्थित दुवै दलका कार्यालयमा मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन् ।
जेनजी आन्दोलनमा सोमबार भएको प्रहरी दमनको विरोधस्वरूप आगजनी गरिएको बताइएको छ ।
सोमबारको आन्दोलनमा देशभर १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका छन् । त्यस घटनापछि आज देशका अधिकांश सहरमा विरोध प्रदर्शन भइरहेका छन् । विभिन्न जिल्लामा कर्फ्यु आदेश जारी भएको छ ।








प्रतिक्रिया