नेपाली भएकोमा यति ठूलो लाज मैले कहिल्यै महसुस गरेको थिइनँ: राजेश हमाल

28
Shares

काठमाडौं । अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हमालले नेतृत्वले युवालाई आशालाग्दो भविष्य दिन असफल मात्र नभई उनीहरूको वर्तमान पनि खोसेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘हामी एक राष्ट्रको हैसियतले युवालाई आशालाग्दो भविष्य दिन असफल भएका छौं । अझै उनीहरूको वर्तमान पनि खोसिरहेका छौं । म अहिले विदेश यात्रा गर्दैछु, तर नेपाली भएकोमा यति ठूलो लाज मैले कहिल्यै महसुस गरेको थिइनँ।’

सामान्यतया राजनीतिक वा सामाजिक विषयमा कमै बोल्ने हमालले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। जेन–जी आन्दोलन हिंसात्मक बन्दा १९ जनाको ज्यान गएपछि उनको यस्तो भनाइ आएको हो ।