प्रचण्डको निवास जाने बाटोको प्रहरी बिट प्रदर्शनकारीले भत्काए

1.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासतर्फ जाने बाटोमा स्थानीयले प्रहरी बिट भत्काएका छन् ।

मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीय प्रदर्शनकारीहरूले सडकमा रहेको प्रहरी बिट तोडेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा सोमबार१९ जनाको ज्यान गएपछि देशभर विरोध प्रदर्शन तीव्र बनेको छ ।

युवाहरू विभिन्न ठाउँमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंको कलंकी, बानेश्वरसहितका स्थानमा पनि प्रदर्शन भएको छ।

यस्तै काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेका छन् । कयौं जिल्लाहरु पनि प्रदर्शन सुरु भएको छ भने कतिपय स्थानमा कर्फ्यु आदेश जारी भएको छ । राजमार्गहरूमा पनि प्रदर्शन भएका छन् ।