कलंकी क्षेत्रमा बिहानैदेखि प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

364
Shares

काठमाडौं । राजधानीको विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन चर्किएको छ ।

बिहान ८ बजेदेखि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मुख्य तथा भित्री सडकमा प्रदर्शन सुरू भएको छ ।

कलंकी चोक र खसीबजार क्षेत्रमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका छन् । त्यहाँ खटिएका प्रहरीमाथि ढुंगामुढा समेत भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरबितर पार्ने प्रयास गरेको छ ।

यस्तै ललितपुरको चापागाउँ र काठमाडौंको बानेश्वर क्षेत्रमा पनि प्रदर्शन भएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले यसअघि नै कर्फ्यु आदेश जारी गरिसकेका छन् । देशका अन्य भागमा पनि कर्फ्यु आदेश जारी भएको छ । राजमार्गहरूमा समेत प्रदर्शन भएका छन् ।