जेनजी प्रदर्शनकारीद्वारा सुन्धारा प्रहरी बिटमा आगजनी

574
Shares

बानेश्वरबाट हटाइएको जेनजी प्रदर्शनकारीले सुधारा प्रहरी बिटमा आगो लगाए

काठमाडौं । जेनजी आन्दोलनकारीहरूले सोमबार साँझ सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएका छन् । प्रदर्शनकारीले लागएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।

बानेश्वरमा हिंसा भड्किएपछि त्यहाँबाट निस्किएका प्रदर्शनकारीले साँझ पौने ६ बजेतिर सुन्धारामा प्रहरी बिटमा आगजनी गरेका हुन् ।

त्यसक्रममा सुन्धारा, न्यूरोड क्षेत्रमा अश्रुग्यास समेत प्रहार भएको न्युरोडका एक व्यवसायीले बताए ।