
काठमाडौं । बिजनेस रियालिटी शो शार्क ट्यांक नेपालका शार्क आनन्दकुमार अग्रवाल (बगरिया)को कम्पनी निम्बस नेपाल प्रालिले सन् २०२४ मा पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ५८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा १ अर्ब ७८ करोड रुपैयाँ, सन् २०२१ मा १ अर्ब ७६ करोड १० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ३२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको कम्पनीले जीवजन्तुको दानाको व्यापार गर्दै आएको छ । कम्पनीले विशेषगरी जनवारको दानाका लागि आवश्यक कच्चा पदार्थ र मकै, दालको व्यापार गर्दै आएको छ ।
कम्पनीले स्वदेशी तथा विदेशबाट आयात गरेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा निम्बस होल्डिङ प्रालि र आनन्द बगरियाको बराबर स्वामित्व रहेको छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । निम्बस ग्रुपद्वारा सञ्चालित यस कम्पनीले विगत लामो समयदेखि व्यापार गर्दै आएको छ । ग्रुपले तेल, दाना तथा एफएमसीजी वस्तुको व्यापार गर्दै आएको छ ।








प्रतिक्रिया