धादिङमा २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा आगलागी


धादिङ । धादिङको धुनीबेशी नगरपालिका–८ खानीखोलामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा आगलागी भएको छ।

सोमबार बिहान करिब १०:२० बजे बाराको अमलेखगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ३७७४ नम्बरको ट्यांकरमा अचानक आगो लागेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सो ट्यांकरमा करिब २० हजार लिटर पेट्रोलियम पदार्थ थियो।

इन्जिनको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । आगो लागेको खबर पाएलगत्तै स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।