
काठमाडौं । अर्थ मन्त्रालयले १२ जना सहसचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालयको शुक्रबारको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालय मातहतका १२ सहचिवको सरुवा तथा पदस्थापन भएको छ।
अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा, टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकको जिम्मा दिइएको छ ।
भन्सारका महानिर्देशक महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा, टंकनाम लम्सालाई प्रमुख भन्सार प्रशासकको जिम्मा दिइएको छ ।








प्रतिक्रिया