
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु, ५० जना घाइते
कैलाली । कैलालीस्थित कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्।
मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेका छन्। झडप हिजो राति ११ बजे भएको हो। घाइतेको उपचार भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ।
घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे छानबिन भइरहेको स्थानीय प्रशासन कार्यालयले जनाएको छ।








प्रतिक्रिया