
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मौलाकाली केबलकारले गत आर्थिक वर्षको ९ महिनामा ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १० करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
गत आवमा केबलकारको फुटफलमा १५ प्रतिशतले कमी आएको छ । कम्पनीले हालै मात्रै होटल सञ्चालनमा ल्याएको छ ।उक्त होटलको प्रति कोठाको औसत मूल्य ५ हजार ५ सय रहेको छ, कम्पनीले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको केबलकारसँगै ६५ वटा कोठाको रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
केबलकारले सन् २०२३ को अप्रिलबाट व्यवसायिक कारोबार सुरु गरेको थियो भने सन् २०२५ को मेबाट इला ब्राण्डमा होटल सञ्चालन गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४२ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
आइएमई ग्रुपले विभिन्न स्थानमा केबलकार सञ्चालन गर्दै आएको छ । त्यसैगरी ग्रुपले अन्य आयोजना पनि पाइपलाइनमा रहेको जनाएको छ ।







प्रतिक्रिया