नेपालमा २४ जुवाघर सञ्चालनमा, यी हुन् तारे होटलमा सञ्चालित क्यासिनोहरू (सूचीसहित)

973
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि असार मसान्तभित्रै नवीकरण गराएर विभिन्न २४ वटा क्यासिनो (जुवाघर) सञ्चालनमा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको जानकारी अनुसार हाल नेपालका विभिन्न तारे होटलमा सञ्चालनमा रहेका र नवीकरण भएका क्यासिनोको संख्या २४ वटा रहेको छ ।

यी क्यासिनोमा काठमाडौं उपत्यका सहितका पाँचतारे होटल र बाहिरका तारे होटलसम्म सन्चालनमा रहेका मिनि क्यासिनोसमेत छन् ।

पर्यटन विभागका अनुसार सरकारले तोकेको सेवा शुल्क र वार्षिक रोयल्टी तिरेर नवीकरण भएका यस्ता क्यासिनोमा चार र पाँच तारे होटलमा क्यासिनो र चार तारे भन्दा कम होटलमा मिनि क्यासिनो सञ्चालनमा रहेका छन् ।

लैनचौरको मल्ल होटलमा बेल्लिज नेपाल, नक्सालको म्यारिओटमा डिल्टीइन नेपाल, ताहाचलको सोल्टीमा माजोङ इन्टरटेनमेन्ट र ठमेलको अलफ्ट होटलमा वाल्डो डाइनेष्टि इन्टरटेनमेन्ट नामको क्यासिनो सञ्चालनमा छ ।

नेपालगन्जको स्ट्रिम पीकमा इम्पेरियल इन्टरटेनमेन्ट, झापाको होटल मेची क्राउनमा भेगास रिक्रियसन, रुपन्देहीको होटल टाइगर वानमा रोयल टाइगर रिक्रियसन, बौद्धको हायात होटलमा प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन नामको क्यासिनो सञ्चालनमा छ ।

पर्यटन विभागमा दर्ता भएका तथा नवीकरण भएका यी क्यासिनोहरुमा झापाको होटल किङ्स्वरी होटल परिसरको किङस्वरी इन्टरटेनमेन्ट, भैरहवाको नान्स होटल परिसरको सिद्धार्थ गेमिङ जोन, नेपालगन्जको भ्यू होटल सिद्धार्थ नगरमा ज्याकपोट ग्यामिङ सेन्टर नामको क्यासिनो सञ्चालनमा रहेको छ ।

विभागको तथ्यांक अनुसार भैरहवाकै होटल गिर्वाणामा निर्वाना लक्जरी इन्टरनेसनल, नेपालगन्जको होटल एण्ड कौशिकी बैंङ्क्वैटमा ओम त्रयम्बकम इन्टरटेनमेन्ट, कास्कीको होटल माउन्ट कैलाशमा ताज इन्टरटेनमेन्ट नामकको क्यासिनो सञ्चालनमा छ ।

कपिलवस्तुको लुम्बिनी ग्रीन होटल्समा ग्रीन ज्याकपट इन्टरटेनमेन्ट, रुपन्देहीको मौर्य होटलमा अपूर्व गेमिङ जोन, पर्साको होटल दियालोमा दियालो गेमिङ, रुपन्देहीको एसियन होटलमा ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर नामको क्यासिनो सञ्चालनमा छ ।

भैरहवाको गार्डेन रिसोर्टमा डायमण्ड रिक्रियसन, विराटनगरको विग होटलमा च्याम्पियन जोन, नेपालगन्जको होटल सिटी प्यालेसमा सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी, पर्साको हिमाल वाटर पार्क एन्ड भिलेसमा गोल्डेन फिङ्गर गेमिङ जोन, बाँकेको स्नेह होटलमा वेलिज इन्टरटेनमेन्ट र विराटनगरको होटल रत्नामा गोल्डेन कोइन क्यासिनो सञ्चालनमा रहेको छ ।

सञ्चालनमा रहेको विभिन्न २४ होटलमध्ये ५ चारेमा क्यासिनो र चार तारे वा सोभन्दा कमका होटलमा मिनि क्यासिनो सञ्चालनमा रहेको पनि पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षबाट क्यासिनो नियमावली २०८२ लागू गरेको छ । यो नियमावली अनुसार सञ्चालन हुने क्यासिनोले सरकारलाई वार्षिक रोयल्टी ५ करोड बुझाउनुपर्छ । मिनि क्यासिनोको हकमा यस्तो शुल्क १ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।

क्यासिनो चलाउन ३० करोडको चुक्तापुँजी चाहिन्छ भने मिनि क्यासिनोले २० करोड रुपैयाँको चुक्ता पुँजी पुर्याउनुपर्छ । क्यानिसो सञ्चालन गर्न पूर्वस्वीकृति शुल्क १० हजार लाग्छ भने मिनि क्यासिनोको हकमा पनि १० हजार नै लाग्ने व्यवस्था छ ।

क्यासिनो सञ्चालन पूर्व इजाजत लिनुपर्छ । यसका लागि क्यासिनोले १५ लाख र मिनि क्यासिनोले १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्छ । इजाजत शुल्क बुझाएपछि इजाजतपत्र लिन क्यासिनोले ३ करोड र मिनि क्यासिनोले १ करोड ५० लाख र नवीकरण शुलक वार्षिक रुपमा १ करोड ५० लाख र मिनि क्यासिनोको ७५ हजार शुल्क तिर्नुपर्छ ।

विदेशी पर्यटकलाई मात्रै सेवा दिने यी क्यासिनो र मिनि क्यासिनाेमा नेपाली प्रवेश गर्न पाइदैन् । सरकारले नेपालमा सञ्चालन हुक सबै प्रकारको क्यासिनोले विदेशी पर्यटकलाई मात्रै मनोरन्जनात्मक सेवा दिनु पर्ने र नेपाली प्रवेशमा कानून बनाएर प्रतिवन्ध लगाइदिएको छ । यद्यपी मध्यम वर्गदेखि उच्चमध्यम र उच्च वर्गका नेपाली क्यासिनोमा प्रवेश नपाएकै कारण भारतका विभिन्न सहरदेखि मकाउ, सिंगापुरसहितका विदेशी जुवाघरमा क्यासिनो खेल्नकै लागि जाने गरेका छन् ।

यी हुन नेपालमा सञ्चालिन क्यासिनोको विवरण