
काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित कमला रोलिङ मिल्स प्रालिले गत आर्थिक वर्षको साढे ११ महिनाको अवधिमा करिब साढे १ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आवको साढे ११ महिनामा १ अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ७१ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार सन् २०२४ मा ४८ प्रतिशतले व्यापार घटेको थियो भने सन् २०२३ मा ५ प्रतिशतले व्यापारमा कमी आएको थियो ।
अर्थतन्त्र सुस्तताका कारण बजारको मागमा कमी आउँदा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ छ ।
सन् १९९२ मा स्थापना भएको कम्पनीले डण्डी, जीआई तार, बार्बेड तार र ग्याल्बियन बक्सेस उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ८० हजार मेट्रिक टन डण्डी तथा तार उत्पादन गर्दै आएको छ ।
जगदिश अग्रवालको २४.५४ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४४ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।










प्रतिक्रिया