संकटमा परेर खल्ती र आईएमइ पे मर्जमा गएका होइनन्, सेवामा नयाँ सम्भावनाको खोजी गर्न हो: रेग्मी

581
Shares

काठमाडौं । आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर बनेको ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रविन रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजिका लागि भएको बताएका छन् । बिहीबार एकीकृत कारोबारको सुरुवात कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्त्वपूर्ण कदम हो,’ उनले भने, ‘फिनटेकका दुई ठूला संस्थालाई मर्जमा भएर जानू आफैंमा चुनौतीपूर्ण कुरा हो । हामी मर्जरमा जाने कुरा गर्दै गर्दा पनि यसका सन्दर्भमा, आम्दानी तथा नाफा र दिगोपनका विषयमा धेरै प्रश्न उठेक थिए । कुनै संकटमा परेर दुई कम्पनी मर्ज भएको होइन ।’

बिहीवारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ । यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए ।