नेपाल इन्भेस्टमेन्ट मेगा बैंक नेपालपे कार्डमा आबद्ध

0
Shares

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) नेपालपे कार्डमा आबद्ध भएको छ । यो बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्वीच (एनपीएस-एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो ।

सोसम्बन्धी सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनपीएस-एनसीएस पूर्वाधारको तयारी पूरा भएसँगै एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम-नेपालपे कार्ड-इस्यु र अक्वायर गर्न आग्रह गरेको छ । कमर्सियल रोलआउटपश्चात् एनआईएमबीले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्ने र प्रयोग गराउने सुविधा उपलब्ध गराउनेछ ।

एनपीएस-एनसीएस प्रणालीले विभिन्न कार्ड स्वीचहरूबीच अन्तरसम्बन्ध स्थापित गर्दै कार्ड कारोबारको राउटिङ, सेटलमेन्ट र डाटा लोकलाइजेसनमा सघाउ पुर्यामउनेछ । यसले कार्ड कारोबारको लागत घटाउने, प्रविधिमा आत्मनिर्भरता बढाउने र डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

नेपालपे कार्डको प्रयोगले नेपालकै कार्ड इकोसिस्टममा ऐतिहासिक मोड ल्याउने विश्वास गरिएको छ ।

Skip This