
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयलद्वारा बुटवल र भैरहवामा आयोजित दुईवटा ‘निःशुल्क सेवा शिविर’ सफलतापूर्वक सम्पन्न भएका छन् ।
चारपाङ्ग्रे सवारीका लागि बुटवलको एडभान्स अटो केयर मा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए। त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवाको धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स मा असार १९ र २० गते सञ्चालन गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भएका थिए ।
शिविरमा सहभागी सवारीसाधनहरूलाई निःशुल्क सर्भिसिङ, इञ्जिन जाँच तथा लुब्रिकेन्ट सम्बन्धी परामर्श प्रदान गरिएको थियो । साथै, ग्राहक तथा मेकानिकहरूलाई टोटल इनर्जिजका प्रमुख उत्पादनहरू – क्वार्ट्ज, रुबिया, र हाई–पर्फ को कार्यक्षमता, इञ्जिन सुरक्षा र दीर्घकालीन टिकाउपनबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागी ग्राहक तथा मेकानिकहरूलाई आकर्षक उपहार सामग्रीहरू समेत वितरण गरिएको थियो। यस प्रकारका सेवामूलक कार्यक्रमहरू मार्फत टोटल इनर्जिजले स्थानीय बजारमा आफ्नो ब्रान्ड उपस्थिति अझ सशक्त बनाउँदै गएको कम्पनीको विश्वास छ ।








प्रतिक्रिया