
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले वित्त नीतिले देखाएको बाटोमा मौद्रिक नीति हिँड्न नसक्दा मौद्रिक नीतिप्रतिको अपेक्षा बढी भएको बताएका छन् ।
सोमबार नेपाल व्यवस्थापन संघ(म्यान) ले आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफलमा गभर्नर पौडेलले पछिल्ला केही वर्ष त्यस्तै भयो कि भन्ने रहेको भन्दै मौद्रक नीति र वित्त नीति दुईतिर हुँदा जसेको प्रभुत्व बढी हुन्छ त्यसैमा अपेक्षा बढी भएको उल्लेख गरे ।
नेपालमा कर्जा र स्रोतको केन्द्रीकरण बढी भएको र यसले असमानता ल्याउने उनको भनाइ छ ।
अवसरको केन्द्रीकरणले अस्थिरता ल्याउने उनले बताए । समाजमा समान अवसर होस् भन्ने आफूहरुको चाहना रहेको पौडेलले बताए ।
उनले बैंकिङ प्रणालीमा ५ करोडसम्मको खरब कर्जा बढी देखिएको बताए ।








प्रतिक्रिया