
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले असार २२ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीहरुमा काठमाडौंस्थित ग्रीन लिफ प्रा.लि., धनुषाको शिवम कन्स्ट्रक्सन, काठमाडौं टोखाको डि.जी. इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि. र सुनसरीस्थित थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स छन् ।
चारवटै कम्पनीलाई विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।
अब कालोसूचीमा परेको एक वर्षे अवधिभर ती कम्पनीहरुले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।









प्रतिक्रिया