बैंकर र व्यवसायी तत्काल भन्दा पनि क्रमिक रूपमा छुट्याउनुपर्छ: शर्मा


काठमाडौं । नेकपा एमालेकी सांसद दिपा शर्माले बैंकर र व्यवसायी तत्कालभन्दा पनि क्रमिकरुपमा छुट्याउन आवश्यक भएको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)मा सांशोधनकर्ता सांसदहरुसँगको छलफलमा उनले सम्बद्ध व्यक्तिको १९ वुँदा धेरै व्यापक भएकाले यसमा हालको व्यवस्था उपयुक्त हुने बताइन्।

सहकारी क्षेत्र समस्या रहेको भन्दै उनले निजी क्षेत्रमा पनि जटिल अवस्था रहेको बताइन् ।

बैंकहरूमा लगानी हुन नसकेर बैंकहरूमा पैसा बसेको अवस्था रहेको र चक्रिय रूपमा चर्को ब्याजदर भएर पनि लगानी हुन नसकेको सुनिएको बताइन् ।

व्यवसाय गर्नेले सहज रूपमा पैसा चलाउन पाउने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

विगतमा व्यवसायमा नाफा हुन नसक्ने क्षेत्रमा पुँजी लगाउँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताइन् ।

उत्पादनमूलक क्षेत्रमा लगानी भई निर्यात प्रवर्द्धन हुने क्षेत्रमा लगानी हुने कानुनी वातावरण बनाउनु पर्ने उनको भनइ छ ।

उल्लेख्य स्वामित्व २ प्रतिशतलाई १ प्रतिशत बनाउने सन्दर्भमा संशोधन आवश्यक नभएको बताइन् ।

सम्बद्ध व्यक्तिबारेको १९ बुँदा व्यापक भएकोले यसमा हालको व्यवस्था उपयुक्त हुने उनले बताइन् ।

सम्वद्ध व्यक्तिले ऋण लिन नपाउने प्रस्तावमा बैंकर र व्यवसायी तत्काल छुट्याउनेभन्दा पनि क्रमिक रूपमा छुट्याउनुपर्ने उनको भनाइ छ । कानुनका कुनै पनि बुँदा डुब्लिकेसन हुनेगरी पर्नु नहुने उनको भनाइ छ ।