
आजको युग डिजिटल प्रविधिको हो । व्यवसायलाई सफल बनाउन अब अनलाइन उपस्थिति जरूरी भइसकेको छ । तर नेपालमा धेरै साना व्यवसायी र उद्यमीहरूका लागि वेबसाइट बनाउन र सञ्चालन गर्न कठिन छ ।
मुख्यतः प्राविधिक ज्ञानको अभाव, महँगो लागत र समयको अभावका कारण वेबसाइट बनाउन कठिन छ । यही समस्यालाई समाधान गर्न नेपाली बजारमा आएको हो (ShriGo) श्री-गो । यो एक ‘नो कोड वेबसाइट एन्ड कमर्स वेबसाइट बिल्डर’ हो जसले तपाईंलाई सजिलै, छिटो र सस्तोमा आफ्नो वेबसाइट बनाउने सुविधा दिन्छ ।
श्री-गो एक नेपाली स्टार्टअप हो । जसलाई विशेषगरी नेपालको व्यवसायिक परिवेशलाई ध्यानमा राखेर निर्माण गरिएको छ । श्री-गोको सहायताले तपाईं कोड लेख्न नजान्ने भए पनि केवल केही क्लिकमै आफ्नो व्यवसायीक वेबसाइट वा अनलाइन स्टोर तयार गर्न सक्नुहुन्छ ।
यसमा विभिन्न डिजाइन टेम्प्लेटहरू छन्, जसलाई तपाईंले आफ्नो आवश्यकता अनुसार सजिलै परिवर्तन गर्न सक्नुहुन्छ । त्यसैले यो प्लेटफर्म सानो व्यवसायी, उद्यमी तथा स्थानीय सर्जकहरूका लागि प्लेटफर्मको लागि एकदम उपयोगी छ ।
श्री-गोको सबैभन्दा विशेष पक्ष भनेको यसको ‘ड्रयाग एन्ड ड्रप इन्टरफेस’हो, जसले गर्दा वेबसाइट बनाउने काम अत्यन्तै सहज बनाउँछ । तपाईंले आफ्नो ब्राण्ड अनुसार डिजाइन, रंग, लेआउट र सामग्री परिवर्तन गर्न सक्नुहुन्छ ।
श्री-गोले नेपाली पेमेन्ट सिस्टम खल्ती, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, क्यास अन डेलिभरीको सपोर्ट समेत गर्छ, जसले गर्दा नेपाली ग्राहकको लागि पेमेन्ट गर्न सजिलो हुन् छ। साथै, यसको सूची व्यवस्थापन(सामान, स्टक, सामग्रीहरूको नियन्त्रण र व्यवस्थापन), अर्डर ट्रयाकिङ(ग्राहकले दिएको अर्डर कहाँ पुगेको छ भन्ने जानकारी लिनु), कुपन प्रणाली(छुट वा विशेष अफरका लागि कुपन दिन र व्यवस्थापन गर्ने प्रणाली),सर्च इन्जिन अप्टिमाइजेसन(वेबसाइटलाई गुगलजस्ता सर्च इन्जिनमा माथिल्लो स्थान दिलाउन गरिने प्रक्रिया) जस्ता विशेषताले तपाईंको व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गर्छ ।
श्री-गो ले विभिन्न प्रकारका योजनाहरु उपलब्ध गराएको छ जुन तपाईंको आवश्यकता अनुसार छनोट गर्न सकिन्छ । यदि तपाईं केवल सामान्य वेबसाइट चाहनुहुन्छ भने पर्सनल वेबसाइट प्लान छन् जसमा फ्रि, स्ट्यान्डर्ड, बिजनेश र कर्पोरेट योजना उपलब्ध छन् ।
व्यवसाय वा अनलाइन बिक्रीका लागि चाहिने सबै सुविधा भएको इ कमर्स प्लान पनि छन् । जस्तै स्टार्टअप, बेसिक, सुपर, र पीआरओआई । हरेक योजना तपाईंको आवश्यकताअनुसार विशेष सुविधा र केही सिमा सहित डिजाइन गरिएको छ। श्री-गो को वेबसाइटमा गएर तपाईं सबै विवरण हेर्न सक्नुहुन्छ । श्री-गो प्रयोग गर्न सजिलो मात्र होइन, रमाइलो पनि छ। श्रीगो डटकममा खाता खोलेर, आफ्नो आवश्यकता अनुसार टेम्प्लेट छनोट गरी कस्टमाइज गर्नुहोस् र केही मिनेटभित्रै तपाईंको वेबसाइट अनलाइन ल्याउनुहोस् ।
आफ्नै डोमेन प्रयोग गर्ने सुविधा पनि सहज रूपमा उपलब्ध छ । अझ राम्रो कुरा, तपाईं श्री-गो निःशुल्क ३० दिनका लागि परीक्षण गर्न सक्नुहुन्छ । अन्त्यमा, श्री-गो नेपाली व्यवसायहरूको डिजिटल भविष्य बनाउने एक भरपर्दो साथी हो । यो केवल वेबसाइट बनाउने साधन होइन, यो यस्तो प्लेटफर्म हो जसले कुनै प्राविधिक सीप नहुँदा पनि सजिलै अनलाइन ल्याउन मद्दत गर्छ । श्री-गो को साथमा तपाईंले आफ्नो व्यवसायलाई आधुनिक, व्यवस्थित र ग्राहकमैत्री बनाउन सक्नुहुन्छ । अब ढिलो नगर्नुहोस् आफैँले वेबसाइट बनाउनुहोस् र श्री-गो सँग मिलेर आफ्नो व्यवसायलाई डिजिटल दुनियामा अगाडि बढाउनुहोस् ।
प्रतिक्रिया