बैंकमा उल्लेख्य स्वामित्व भएकाले ऋण लिन नपाउने व्यवस्थामा थप छलफल आवश्यक: अर्थमन्त्री

469
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे अर्थ समिति छिटोभन्दा छिटो निष्कर्षमा पुगोस् भन्ने आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले छिटोभन्दैमा आवश्यक छलफल नै नगरि पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नु पर्नेमा जोड दिए ।

समितिलाई अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार रहेको उनले बताए ।

उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नु पर्ने बताए ।

बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने उनले बताए ।

भन्सारमा घोषणा नगरी ४ लाख र घोषणाा गरेर ६ लाख भारू ल्याउन सक्छ । क्युआर कोड र कार्डबाट भुक्तानी गर्न सकिने उनले बताए ।

५०० भारूको नोट बारे नेपालको मात्र निर्णयले नहुने भन्दै उनले भने, ‘हाम्रो मात्रै निर्णयले त्यो भारतमम फिर्ता हुँदैन ।’