
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा रहेको सान्टा क्लारा अदालतले गूगललाई ३१ करोड डलरभन्दा बढीको जरिवाना तिर्न आदेश दिएको छ ।
ब्लूमबर्ग सञ्चारमाध्यमका अनुसार, गूगलले गोप्य रूपमा एन्ड्रोइड प्रयोगकर्ताहरूको मोबाइल डेटा संकलन गरेको आरोप थियो । डिभाइसहरू वाईफाईमा कनेक्ट नहुँदा पनि गूगलले प्रयोगकर्ताको सहमति नलिइकनै डेटा संकलन गरेको पाइयो ।
त्यस डेटालाई गूगलले प्रयोगकर्ताहरूलाई विज्ञापन पठाउनका लागि र आफ्नो म्यापिङ सर्भिस थप बलियो बनाउनका लागि उपयोग गर्ने गरेको थियो ।
गूगलले कुनै पनि गलत काम नगरेको र यस निर्णयका विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । प्रयोगकर्ताहरूले टर्म्स अफ सर्भिस र सेटिङमार्फत डेटा ट्रान्सफर गर्न सहमति जनाएको र डिभाइसको राम्रो पर्फर्मेन्सका लागि यी कुरा महत्त्वपूर्ण हुन्छन् ।
सन् २०१९ मा यो मुद्दा दायर गरिएको थियो । क्यालिफोर्नियाका एन्ड्रोइड प्रयोगकर्ताहरूले संयुक्त मुद्दा दायर (क्लास एक्शन लसुट) गरेका थिए ।
अमेरिकाभरिका एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि बेग्लै संघीय तहको मुद्दाको पुर्पक्ष सन् २०२६ मा हुँदैछ ।
प्रतिक्रिया