
एजेन्सी । इन्डोनेसियालाई विद्युतीय गाडीको केन्द्र बनाउने उद्देश्यका साथ चिनियाँ कम्पनीहरूले विशाल ब्याट्री कम्पनी निर्माणमा लगानी गरेका छन् ।
जर्काता ग्लोब सञ्चारमाध्यममा प्रकाशित खबरअनुसार, पश्चिम जाभाको कारावाङ क्षेत्रमा ब्याट्री कारखाना बनाइनेछ ।
त्यो विशाल कारखाना बनाउनका लागि ५.९ अर्ब डलर खर्च लाग्ने बताइएको छ ।
इन्डोनेसियाको खनिज उत्खनन कम्पनी अनेका ताम्बाङ, इन्डोनेसियन ब्याट्री कर्पोरेशन र चिनियाँ कम्पनीहरू कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी, ब्रन्प रिसाइक्लिङ र लिजेन्ड रिसोर्सेसको संयुक्त पहलमा कारखाना बनाउन लागिएको हो ।
उक्त कारखाना ३ हजार हेक्टर क्षेत्रफलमा हुनेछ र त्यसले ८ हजार रोजगारी सिर्जना गर्नेछ ।
यस परियोजना अन्तर्गत १८ वटा भौतिक पूर्वाधार निर्माण गरिनेछ । सामुद्रिक बन्दरगाहको निर्माण पनि त्यसै परियोजना अन्तर्गत बनाइनेछ ।
कारखाना निर्माण भएर सन् २०२६ को अन्त्यसम्ममा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
अमेरिका र चीनबीच व्यापारयुद्ध चलिरहेको बेलामा चीनले दक्षिणपूर्वी एसियाका मुलुकहरूसँग मिलेर विकास र व्यापारमा व्यापक लगानी गरिरहेको छ ।








प्रतिक्रिया