पुरी जगन्नाथ यात्राका क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु, मुख्यमन्त्रीले मागे माफी


एजेन्सी । भारतको उडिसामा पुरी जगन्नाथ यात्राका क्रममा आइतवार भागदौड मच्चिँदा तीनजनाको मृत्यु भएको छ ।

घटनामा तीनजनाको मृत्यु र ६ जना घाइते भएको उडिसा प्रहरीका डाइरेक्टर जनरल वाईबी खुरानियाले रोयटर्स समाचार संस्थालाई बताए ।

उक्त घटनापछि उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले प्रभु जगन्नाथका भक्तहरूसँग माफी मागेका छन् ।

भारतका तीर्थस्थलमा ठूलो जमघट हुँदा यदाकदा भागदौड भएर मानिसहरूको मृत्यु हुने गरेको छ । साँघुरो ठाउँमा एकैपटक धेरै मानिस जम्मा भएर सुरक्षा प्रबन्धलाई बेवास्ता गरिदिँदा यस्ता घटनाहरू हुने गरेका छन् ।

पोहोर साल प्रयागराजमा कुम्भ मेला चलिरहेको बेलामा एकाबिहानै भागदौड हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।