
काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार भेटवाललाई १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि पनि कानुनी प्रक्रियामा तानिएका थिए । २०७९ फागुन १० गते उनी ३ करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा पक्राउ परेका थिए ।








प्रतिक्रिया