वाणिज्यदूत श्रेष्ठले गरे दक्षिण अफ्रिकाका राजदूतसँग छलफल


काठमाडौं । नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले असार १० गते ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रम बीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरे ।

सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल गरे ।

नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।