
काठमाडौं । काठमाडौंको रत्नपार्कमा गुड्दै गरेको विद्युतीय सवारीमा आगो लागेको छ । जसका कारण उक्त क्षेत्रमा केही बेर सवारी जामसमेत भएको थियो ।
प्योर ईभी कम्पनीको ‘ई–प्लुटो ७ जी’ मोडेलको एक विद्युतीय स्कुटरमा गुड्दागुड्दै आगलागी भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बुधबार बिहान पौने १० बजे रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आइपुगेको स्कुटरमा अचानक आगो लागेको थियो ।
बागमती प्रदेश–०२–०१९ प ६२४६ नम्बरको स्कुटरमा आगलागी भएको ट्राफिक प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
आगलागीका कारण स्कुटर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको उनको भनाइ छ ।
नेपालमा प्योर ईभी ब्रान्डको स्कुटर ह्वाइट लोटस प्रालिले बिक्री गर्दै आएको छ ।








प्रतिक्रिया