बेलायतका वैज्ञानिकहरूले प्लास्टिकबाट बनाए सिटामोल

189
Shares


एजेन्सी । बेलायतको एडिनबरा विश्वविद्यालयका वैज्ञानिकहरूले ई कोली ब्याक्टेरियामार्फत प्यालस्टिकलाई पारासिटामोलमा परिणत गरेका छन् ।

यस कदमले प्लास्टिकजन्य प्रदूषणबाट मुक्ति दिलाउनुका साथै औषधि उत्पादनमा जीवाष्म इन्धनप्रतिको निर्भरता पनि घटाउने भएको छ ।

पारासिटामोल बनाउनका लागि एसेटामिनोफेन नामक पदार्थ उपयोग गरिन्छ । ई कोली ब्याक्टेरियाले पोलीथीलीन टेरेफथालेट प्लास्टिकलाई एसेटामिनोफेनमा परिणत गरेको हो ।

दिगोपनका साथ औषधि उत्पादन र फोहरमैला व्यवस्थापनको सम्भावना खोलेको यस कदमको व्यापारिक सम्भाव्यताको अध्ययन हुन बाँकी छ ।

एडिनबरा विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्लास्टिकबाट सिटामोल बनाउने प्रक्रियामा २४ घन्टाभित्रै परिणाम आउँछ । यसलाई सानो प्रयोगशालाको सेटिङमा पनि गर्न सकिन्छ । यो कोठाभित्रकै तापक्रममा बनाउन सकिने भएकाले एयर कन्डिशनर पनि उपयोग गरिरहनुपर्दैन ।

परम्परागत रसायनशास्त्रले इन्जिनियरिङ जीवविज्ञानसँग मिलेर दिगो रसायनहरू उत्पादन गर्नुका साथै फोहरमैला, हरित ग्यास उत्सर्जन र जीवाष्म इन्धनमाथिको निर्भरता न्यूनीकरणमा पनि सहयोग गर्छ ।

यस अनुसन्धानको निष्कर्ष नेचर केमिस्ट्री नामक जर्नलमा प्रकाशित छ । यस अनुसन्धानलाई बायोफर्मासुटिकल कम्पनी आस्त्राजेनेकाले लगानी गरेको हो र एडिनबरा इनोभेशन्सले सहयोग गरेको हो ।