३३ अर्बका २८ हजार वटा ईभी गाडी भित्रिए, ३ अर्बले बढ्दा कहाँबाट कति ?

252
Shares

काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा ३३ अर्ब रुपैयाँ भन्सार मूल्यका २८ हजार वटा विद्युतीय सवारी भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ सम्मको तथ्यांक अनुसार भारत, चीन, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया, अमेरिका र जर्मनीबाटसमेत भित्रिएका यी विद्युतीय सवारी साधान ३३ अर्ब ११ करोड रुपैयाँ भन्सार मूल्यका छन् । यी सवारी भित्रदा सरकारले २० अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

तथ्यांक अनुसार नेपाल भित्रिएका यी सवारी साधानमा अनएसेम्बल तीनपाङ्ग्रे, इलेक्ट्रिक तीन पाङ्ग्रे अनएसेम्बल कार, र कारजीप तथा भ्यानसहितका सवारी साधान रहेका छन् ।

गत वर्ष सोही अवधिमा नेपालमा ३० अर्ब १८ करोड रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी नेपाल भित्रिएका थिए । गत वर्ष २२ हजार ६ सय वटा सवारी भित्रिदा सरकारले १३ अर्ब ४५ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो । यो तथ्यांक गत वर्षको तुलनामा यो वर्ष ३ अर्ब रुपैयाँ बढी मूल्यका सवारी आएका छन् ।