
काठमाडौं । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
सोमबार सोही परिमाणको पहेँलो धातु एक लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया