भृकुटीमण्डपमा देशैभरको मह, भीर मौरीको मह पनि पाइने

0
Shares

काठमाडौं । ‘आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नारासहित बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय मह मेला २०८२ सुरु भएको छ ।

देशभरका मौरीपालक किसानहरुलाई एकै ठाउँ ल्याउने उद्देश्यका साथ ३ दिने मेला सुरु भएको हो ।

मेलामा विभिन्न जिल्लाबाट ल्याइएका मह प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । साथै भीर मौरीको मह पनि मेलामा उपलब्ध छ ।