
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद बहाली गर्दै धेरै बैंक तथा वित्तीय संस्थाहरुमा नियमन कम सुपरीवेक्षण बढी गर्ने बताएका छन् । उनले मौद्रिक नीति वित्तीय नीतिले तय गरेका विषयलाई सफल गर्न सहयोग गर्ने प्रमुख काम आफ्नो हुने पनि बताएका छन् ।
राष्ट्र बैंकमा पदवहालीपछि पत्रकारसँग कुरा गर्दै पौडेलले राष्ट्र बैंकले बैंकहरुलाको नियमन र सुपरिवेक्षण क्षमता बढाएर काम गर्ने बताए । पोडेले नीति निर्माणमा सबै संवाद गरेर अगाडि बढ्ने बताए । उनले एक दिन अगाडि कुनै नीति ल्याएर जवरजस्ती त्यसलाई कार्यान्वयनमा जोड दिने काम गर्ने भन्दै बैंकहरुको क्षमता बढाएर काम गर्ने विषयमा जोड दिन पनि बताए ।
सर्वसाधारणको पैसा विभिन्न बैंककमा बसेको छ त्यहि पैसाको सुरक्षा गर्ने, निरन्तर बैंकहरुको मूल्यांकन र नियमन गर्ने सँगै कम रेगुलेसन बढी सुपरीक्षेणमा राष्ट्र बैंक केन्द्रित हुने पनि बताए ।
उनले राष्ट्र बैंकको स्वयत्तता जोगाउन सबै कर्मचारी एकमत रहेकोले पवनि बताएका छन् । उनले यस अघि राजीनामा दिएका कार्यकारी निर्देशक गुणकर भट्टको राजीनामाको विषय आफूसँग नआएकोले तत्कालै केही भन्न नसक्ने प्रतिकृया दिए ।
प्रतिक्रिया