
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदबहाली गरेका छन् ।
बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन् ।
कार्यालय पुगेका उनले पदबहाली गरेका छन् । डा पौडेलले नाेट छपाइका लागि नाेटकाे डिजाइन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया