
काठमाडौं । नेपालको पछिल्लो तीन दशकको अर्थतन्त्रमा सबै सूचकलाई सकारात्मक रुपमा अर्थ्याइएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिपषद् कार्यालयले सार्वजनिक गरेको ‘२०४७ पछिको आर्थिक सामाजिक विकासको अवस्था’ चित्रण गरेको उक्त प्रतिवेदनमा २०५२ सालमा ७ हजार ६९० रुपैयाँ रहेको प्रतिव्यक्ति आय २०८० मा आइपुग्दा १ लाख ३६ हजार ७०७ रुपैयाँ पुगेको उल्लेख छ ।
यस्तो तथ्यांकअुनसार २०५२ मा १० प्रतिशत नेपालीको मात्रै सिमेन्टेड घर भएकोमा २०८० मा आइपुग्दा ५६ प्रतिशतको घर सिमिन्टेड भएको छ ।
५ प्रतिशत जस्ताका छाना भएको घरको संख्या बढेर ४० प्रतिशत पुगेको छ । २०५२ मा १४ प्रतिशत मात्रै बिजुलीको पहुँच थियो भने २०८० सम्ममा आइपुग्दा ९४ प्रतिशत नेपालीसँग बिजुलीको पहुँच रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारले विभिन्न १३ वटा अर्थतन्त्रका क्षेत्रलाई तीन दशकको अर्थतन्त्रलाई छोटकरी रुपमा प्रस्तुत गरेको छ । २०५२ देखि २०८० सम्मको तथ्यांकमा आधारभूत सुविधामा पक्की सडक पहुँच ८० प्रतिशत, सहकारी संस्था ८३ प्रतिशत, आधारभूत विद्यालय ९० प्रतिशतसम्ममा पुगेको उल्लेख छ ।
गरिबीमा कमी, आय र उपभोगको असमानतामा सुधार, मध्यमवर्गको विस्तार, पूर्वाधार अन्तर्गत सडक, सञ्चार हवाई, विद्युत्, आवास, खानेपानी, बैंक वित्तमा सुधार भएको उल्लेख छ।
शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सामाजिक सुरक्षा, मानवि विकास, कृषि, उद्योग, सेवा क्षेत्र र आधारभूत सुविधामा पहुँच बढेको तथ्यांक उक्त प्रतिवेदनमा रहेको छ ।
प्रतिक्रिया