
काठमाडौं । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकमा चाँडै सहमतिका आधारमा गभर्नर चयन हुने जनाएको छ ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरुको बैठकमा लामो समयदेखि राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकेको विषयमा छलफल भएको थियो ।
कांग्रेस नेताहरुले लामो समयदेखि केन्द्रीय बैंकमा गभर्नर नियुक्त हुन नसकेको भन्दै सभापति देउवासँग प्रश्न गरेका थिए ।
त्यसक्रममा देउवाले गभर्नको विषय चाँडै टुंगिने बताएका थिए ।
‘राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा छलफल भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘निकै ढिला भएको बारे नेताहरुले सभापतिजूलाई सोध्न भएको हो । सभापतिज्यूले चाँडै टुंगिन्छ भन्नु भयो।’
महतले केन्द्रीय बैंकको नेतृत्व प्रोफेसनल व्यक्तिको हातमा जानुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए ।
‘ राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यवसायीक व्यक्तिको हातमा जानुपर्यो,’ महले भने, ‘जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अघि बढाउन सकोस् ।’ गभर्नरको विषयमा दुई दलबीचको सहमतिमा चाँडै निर्णय हुने उनको भनाइ छ ।
प्रतिक्रिया