
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्यको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिमा अधिकारीलाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका हुन् । जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।
नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।







प्रतिक्रिया