
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज कार्यक्षेत्रका दुई पेट्रोल पम्पले १ अर्ब रुपैयाँभन्दा बढीको इन्धनको कारोबार गरेका छन् ।
मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यकाअनुसार धादिङको भैरवी इन्टरप्राइजेज र चितवनको कैलाश आयल डिस्ट्रिव्युटरले गत साउनदेखि चैत महिनाको अवधिमा एक अर्बभन्दा बढी रुपैयाँबराबरको इन्धन बिक्री गरेको हो ।
उनकाअनुसार १ अर्ब २७ करोड ४२ लाख ५३ हजार रुपैयाँबराबरको डिजेल ६७ लाख ९१ हजार लिटर र पेट्रोल १८ लाख ६८ हजार ७ सय ५८ लिटर गरी कूल ८६ लाख ५९ हजार ७ सय ५८ लिटर इन्धन बिक्री गरेको छ ।
यस्तै कैलाश आयल डिस्ट्रिव्युटरले १ अर्ब २५ करोड ३४ लाख २९ हजार रुपैयाँबराबरको डिजेल ५८ लाख ९६ हजार लिटर र पेट्रोल २५ लाख ८२ हजार लिटर गरी कूल ८४ लाख ७८ हजार लिटर इन्धन बिक्री गरेको छ ।
यसैगरी करोड नौ महिनाको अवधिमा ५६ करोडदेखि ९३ करोड रुपैयाँसम्मको इन्धनको कारोबार गर्ने पम्पमा ८ वटा पम्प परेका छन् । यस्ता पम्पहरुले मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जबाट इन्धन खरिद गरि बिक्री बितरण गर्दैआएका छन् ।
आचार्यका अनुसार बारा जिल्लास्थित प्रहरी कल्याण केन्द्रले ९३ करोड ७७ लाख ७३ हजार रुपैयाँबराबरको ६४ लाख ४८ हजार लिटर इन्धन बिक्री गरेको छ । जसमध्ये प्रहरी कल्याण केन्द्र पम्पले डिजेलमात्रै यो परिमाणमा बिक्री गरेको हो ।
यसैगरी बारा जिल्लाकै अरविन्द इम्पोरियम पम्पले ८६ करोड ८५ लाख रुपैयाँबराबरको ५९ लाख ७४ हजार लिटर डिजेल बिक्री गरेको छ ।
चितवनको साझा पेट्रोल पम्पले ७६ करोड ६० लाख रुपैयाँबराबरको ५१ लाख २७ हजार ९ सय १५ लिटर इन्धन बिक्री गरेको छ । यसमध्ये डिजेल २५ लाख ४१ हजार लिटर र पेट्रोल २५ लाख ८६ हजार ९ सय १५ लिटर बिक्री भएको हो ।
सिन्धुलीको नेहा नमूना आयल स्टोर पम्पले भने ६२ करोड ८० लाख ४१ हजार रुपैयाँबराबरको ४२ लाख ८८ हजार ९ सय ६१ लिटर इन्धन बिक्री गरेको छ । यो पम्पले यसमध्ये डिजेल ३७ लाख ९० हजार लिटर र पेट्रोल ४ लाख ९८ हजार ९ सय ६१ लिटर बिक्री गरेको थियो ।
त्यस्तै तनहुँको सुगम आयल सप्लायर्सले ६० करोड ७२ लाख ३८ हजार रुपैयाँबराबरको ४१ लाख ३३ हजार लिटर इन्धन बिक्री गरेको थियो । यसमा डिजेलको हिस्सा ३५ लाख ९६ हजार लिटर र पेट्रोलको हिस्सा ५ लाख ३७ हजार लिटर छ ।
यसैगरी मकवानपुरस्थित बलराम दास एण्ड सन्स्ले नौ महिनाको अवधिमा ५७ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको ३८ लाख २६ हजार लिटर इन्धन बिक्री गरेको छ । यसमा डिजेलको हिस्सा १९ लाख ७२ हजार लिटर र पेट्रोलको हिस्सा १८ लाख ५४ हजार लिटर छ ।
बारा जिल्लाकै लक्ष्मी आयल स्टोरले ५६ करोड १८ लाख ९८ हजार रुपैयाँको ३८ लाख ५२ हजार लिटर इन्धनको कारोबार गरेको छ । जसमध्ये डिजेल ३६ लाख १५ हजार लिटर र पेट्रोल २ लाख ३७ हजार लिटर बिक्री भएको हो ।
धादिङ्गको ग्रेट हिमाल आयल सेन्टरले ५७ करोड २ लाख ५२ हजार रुपैयाँबराबरको ३८ लाख ५० हजार लिटर इन्धन बिक्री गरेको छ । यसमध्ये डिजेलको हिस्सा ३७ लाख ७ हजार र पेट्रोलको हिस्सा १ लाख ४३ हजार लिटर छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज कार्यक्षेत्र अन्तर्गतका चितवनको कैलाश आयल डिस्ट्रिव्युटरले १ अर्ब ५७ करोड ६८ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको थियो ।
त्यस्तै धादिङ्गको भैरवी इन्टरप्राइजेजले १ अर्ब ५३ करोड ९४ लाख १३ हजार रुपैयाँ, बाराको प्रहरी कल्याण कोष पम्पले १ अर्ब ५१ करोड ३९ लाख ६६ हजार र तनहुँको सुगम आयल सप्लायर्सले १ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँबराबरको इन्धनको कारोबार गरेको थियो ।
यो कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा ८३ अर्ब ७९ करोड ८८ लाख रुपैयाँबराबरको पेट्रोल, डिजेल र मट्टितेल खरिद गरेको थियो । यसमध्ये ४४ अर्ब ६९ करोड ३१ लाख रुपैयाँबराबरको इन्धन बिक्री गरेको छ ।
जसअनुसार १३ अर्ब ४६ करोड ९ लाख रुपैयाँबराबरको पेट्रोल, ३१ अर्ब २ करोड १३ लाख रुपैयाँबराबरको डिजेल र २१ करोड ९ लाख रुपैयाँबराबरको मट्टितेल बिक्री गरेको छ ।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा भने ८ लाख ५१ हजार ३ सय ३८ किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा भने दैनिक २ हजार ८ सय ४० किलोलिटरको दरले कूल १० लाख ३६ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो ।








प्रतिक्रिया