राजावादीहरु कहिले जुलुस निस्किएला र लुटौंला भनेर बसेका रहेछन्: सांसद बस्नेत

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरीह बन्नुपरेको बताएका छन् ।

आइतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरे ।

राजावादीहरु राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको उनको भनाइ छ ।

मान्छे नै मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने उनले बताए ।

‘तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपात मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि,’ उनले भने, ‘ राजनीतिक इच्छाका कुराले भन्दापनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि ।’