राजावादी मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः महत

7
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।

आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निष्कर्ष भएको बताए ।

राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको उनको भनाइ छ। उनले राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पतिमा क्षति पुर्‍याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए ।

‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि