डिजिटल फाइनान्सका नयाँ इनोभेनमा सहजीकरण गर्न राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इनोभेसन हब’

91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग अन्तरगत डिजिटल फाइनान्स हब स्थापना भएको हो ।

बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने उदेश्यले ‘डिजिटल फाइनान्स इनोभसन हब’ स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।

विभिन्न सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गनर्ने उदेश्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

विशेष गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल फाइनान्स इनोभेसन हब स्थापना भएको उल्लेख गरेको छ । डिजिटल फाइनान्समा छिटोछिटो नयाँ इनोभेसन भइरहेन र युवाहरु पनि त्यसमा लागिरहेकोले कतिपय अवस्थामा उनिहरुले ठुलो लगानी गरीसक्ने तर कानुनी मापदण्डका कारण त्यसमा पछि समस्या हुने जस्ता अवस्था देखिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डित बताउँछन् ।

यस्तोमा राष्ट्र बैंकका विभनिन विभाग र अन्य नियामक निकाय समेतको समन्वयनमा त्यस्ता इनोभसननहरुमा काुनी व्यवस्था लगायतका जनकारीको अभावमा त्यसमा काम गर्ने युवाहरुमा अनयौतलत हुने जस्ता कारण देखिएकोल उनिहरुलाई सहजिकरण गर्ने उदेश्य रहेको उनले बताए ।

नयाँ इनोभसन गर्नेले त्यसको प्रिजेन्टेसन गर्ने, त्यसमा सुधार गर्नुपर्ने सुझाव दिने जस्ता काममा सहजिकरण ‘डिजिटल फाइनान्स इनोभेसन हब’ ले गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डित बताउँछन् ।